यसरी भयो रेष्टुरेन्टमा १०% सर्भिस चार्ज र १३% भ्याट अतिरिक्त तिर्नु नपर्ने फैसला(भिडियो)

तपाईं हामी रेष्टुरेन्टमा खाजा वा खाना खाँदा रेष्टुरेन्टले थुप्रै पटक मेनुमा भएको मूल्यमा सर्भिस ट्याक्स र भ्याट जोडेर बिल ल्याएको तथ्यका साक्षी हामी थुप्रै पटक भएका छौं । जवकी यो सरासर गैरकानुनी हो । प्रचलित कानुनले मेनुमा भएको रकममा अतिरिक्त भ्याट लिन पाइदैन भन्छ । तर बर्षौंदेखि नेपालका मै हुँ भन्ने रेष्टुरेन्टहरुले यसरी भ्याट र सर्भिस ट्याक्सका नाममा अतिरिक्त रकम लिएर जनता ठगिरहेका छन् ।

यसो त अर्थ सरोकारले यसरी मेनुमा भएको रकम बाहेक भ्याट र सर्भिस ट्याक्सका नाममा गैरकानुनी रकम असुल गर्ने रेष्टुरेन्टहरुबारे खबर प्रकाशन गरेपछि धेरैले आफ्नो मेनु परिवर्तनसमेत गरेका थिए । काठमाडौँको सिद्धार्थ कटेज, रेडमड क्याफे, इन्द्रेणी फुडल्याण्ड यसका उदाहरण हुन् । तर अन्य थुप्रै रेष्टुरेन्टहरुले पनि यसरी गैरकानुनी रकम ग्राहकबाट असुल गर्दै आएका थिए । केहि रकम त हो नि भनेर ग्राहकहरुले पनि छोडीदिनु र रेष्टुरेन्टहरुले गैरकानुनी रुपमा यस्तो रकम उठाईरहनुका पछाडी आफ्नो सब तिर सेटिङ चल्छ भन्ने रवाफ दिने केहि व्यवसायीहरुको मनपरी पनि थियो ।

तर सचेत उपभोक्ताको पारा नै बेग्लै देखियो । काठमाडौंको बुढानीलकण्ठ-५, डाँडागाउँमा रहेको ग्रीन भ्याली रिसोर्टले मेनु प्राइसमै समावेश नगरी कानुन विपरीत अतिरिक्त १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट जोडी ठगी गरेको भन्दै उपभोक्ता मदन ढुंगानाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । र सो मुद्दामा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाएको छ । उपभोक्ता अदालत अन्तर्गत काठमाडौं जिल्ला अदालतमा परेको रिट निवेदनमा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाउँदै बढी लिएको रकम र क्षतिपूर्तिसमेत भराउने आदेश दिएको हो ।

२०७८ पुस २२ गते दर्ता भएको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलले गत भदौ २ गते फैसला सुनाउँदै उपभोक्तासँग बढी लिएको रकम फिर्ता र १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेका हुन् ।

हामी फेरी पनि तपाईंलाई भन्छौं, कुनै पनि रेष्टुरेन्ट वा होटलले मेनुमा भएको रकमभन्दा बढी कुनै पनि बाहानामा रकम असुल गर्न पाउदैनन् । तपाईं पनि सचेत उपभोक्ता हो । मदन ढुगानाले गरेको विद्रोह जति सकिन्छ, अव हामी सबैले गर्नुपर्छ । अव उपरान्त कुनै पनि रेष्टुरेन्टले मेनुमा भन्दा बढी रकम लिए भने हामीलाई खबर गर्नुहोला । वा मेनुमा कतै सानो अक्षरमा भ्याट र सर्भिस चार्ज छुट्टै लाग्छ लेखिएको छ भने पनि हामीलाई खबर गर्नुहोला । त्यस्ता गैरकानुनी हर्कत गर्ने लुटेरा रेष्टुरेन्टहरुका विरुद्ध हामी निरन्तर फलोअप गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal