‘अर्थ सरोकार टेलिभिजन कार्यक्रम’बारे

१. अर्थ सरोकार टेलिभिजन कार्यक्रम के हो ?
टेलिभिजनमा राजनीतिक, आर्थिक वा समाचारमूलक कार्यक्रम हेर्ने दर्शकको बर्ग ठूलो छ । टेलिभिजन अहिलेपनि सञ्चारको निकै प्रभावकारी माध्यम मानिन्छ । हामी टेलिभिजनबाट नै शु-शुचित हुने तीनै दर्शकको ठूलो बर्गसम्म पुग्ने प्रयासस्वरूप अर्थ सरोकार टेलिभिजन कार्यक्रमका रुपमा प्रस्तुत भएका छौं । रेडियो र अनलाइनले जोड्न नसकेका टेलिभिजनप्रेमी नागरिकसम्म पुग्नका लागि हामी अर्थ सरोकार टेलिभिजन कार्यक्रमका रुपमा प्रस्तुत भएका छौं ।
२. अर्थ सरोकार टेलिभिजन कहिले-कुन समय र कुन च्यानलमा प्रशारण हुन्छ ?
अर्थ सरोकार टेलिभिजन कार्यक्रम बिजनेश टेलिभिजनमा आइतबार राती ८ :३० बजे, सोमबार विहान ७:३० बजे, प्रशारण हुन्छ । बिजनेश टेलिभिजन नेपालको पहिलो आर्थिक टेलिभिजन हो । साथै उक्त कार्यक्रम अर्थ सरोकार डटकममा पनि हेर्न सकिन्छ । साथै अर्थ सरोकार टेलिभिजन कार्यक्रम अर्थ सरोकारको अफिसियल युट्युब च्यानल र फेसबुक पेजमार्फत पनि हेर्न सकिनेछ । अर्थ सरोकार आर्थिक समाचार पोर्टलमध्ये सबैभन्दा बढी फेसबुक लाइक भएको पेज हो भने नेपालका आर्थिक युट्युब च्यानलमध्ये सबैभन्दा बढी सब्सक्राइबर्स पनि अर्थ सरोकारकै छ । 
३. अर्थ सरोकार टेलिभिजन कार्यक्रममा दर्शकको प्रतिक्रिया के छ ?
हुन त देशमा आर्थिक टेलिभिजनहरु नै प्रशारणमा आउन थालिसकेका छन् । र पनि सबैका आ-आफ्ना विसेषता छन् । हाम्रो टेलिभिजन कार्यक्रम हेर्ने बर्ग पनि छुट्टै छ । हामी अलि खरो कार्यक्रम प्रस्तुत गर्छौं । हामी अलि बढी नै खरो बहस गर्छौं भन्ने प्रतिक्रिया दर्शकको छ । हामी विषयका हिसावले पनि केहि फरक विषय प्रस्तुत गर्छौं, कार्यक्रममा । यहि कारण हाम्रा दर्शकले हामीलाई दिने माया पनि बढीरहेको छ । अर्कोतर्फ हाम्रो टेलिभिजन कार्यक्रम हामी देशभर प्रशारण हुने हाम्रो रेडियो कार्यक्रममा पनि केहि भाग प्रस्तुत गर्छौं । यसले हाम्रो ‘माइलेज’ पक्कै बढाएको छ । हामी कार्यक्रमको प्रमो १० लाख बढी लाइक भएको हाम्रो फेसबुकमार्फत सबैमाझ ‘प्रमोसन’ पनि गर्छौं । सबै कार्यक्रमलाइ समाचार बनाएर हामी नेपालमा सबैभन्दा बढी हेरिने आर्थिक अनलाइन अर्थ सरोकार डटकममा पनि प्रशारण गर्छौं । त्यसैले पनि हाम्रो माइलेज निकै राम्रो हुन्छ ।
४. अर्थ सरोकार टेलिभिजन कार्यक्रमको बिज्ञापन नीति कस्तो छ ?
अर्थ सरोकार टेलिभिजन कार्यक्रमको मुख्य बिज्ञापन स्रोत भनेकै बिज्ञापन हो । अर्थ सरोकार टेलिभिजन कार्यक्रम अर्थ सरोकार डटकमले तयार गरेको कार्यक्रम हो । अर्थ सरोकार टेलिभिजन कार्यक्रममा बिज्ञापन प्रशारण गर्नु परेमा वा कार्यक्रम प्रायोजन गर्नु परेमा सिधै ९८५१०१७९१४मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal