- अर्थ सरोकार इन्भेष्टिगेसन ब्युरो
केसीलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७१ साल वैशाख २९ गते ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो भने उनलाई त्यसपछि फरार सुचीमा राखिएको थियो । केसीलाई जरिवानासँगै तीन वर्ष कैद हुने फैसला अदालतले गरेको थियो।
झट्ट सुन्दा तपाईं हाम्रो अनुमान पनि कुनै एक महिलाले १२ करोड रुपैयाँ जरिवाना हुने गरी ठुलै अपराध गरिन् होला र अदालतको सजाय अनुसार उनलाई प्रहरीले कारवाही गर्यो होला भन्ने लाग्नु स्वाभाविक हो । तर कानुनले अपराधी ठहर गरेकी सो गाउँकि जयन्ती केसी एकमात्र पात्र होइन । सो गाउँका थुप्रै अझ पूरै गाउँका कोहि न कोहि उही प्रकृतिको बैंकिङ कसुरमा परेका छन् । कोहि जेलमा छन्, कसैले सजाय भुक्तान गरिसके भने कोहि अझै फरार सूचीमा छन् ।
गाउँका सोझासाझा जनताको थाप्लोमा करोडौंको ऋण छ । सम्पत्ति हेर्ने हो भने भत्किन ठिक्क परेको घर र केहि लाख पनि नजाने बारी होला, तर उनीहरुको थाप्लोमा करोडौं ऋण भएको र ऋण अपचलन गरेको ठहर छ अदालतको । एकजना होइन, दुइजना होइन, तीन जना होइन, यो प्रकरणमा सो गाउँका अधिकांश घरधुरीका कोहि न कोहिएउटै केसमा फसेका छन् ।
के हो त यति धेरै गाउँलेलाई अपराधी ठहर गरिएको काण्ड ?
काभ्रेमा रहेका एकै गाउँका अधिकांश घरधुरीका कोहि न कोहि बैंकिङ कसुरमा पर्नुको पछाडीको रहस्य हो २०६८ सालमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा सार्वजनिक भएको घोटाला प्रकरण । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले २४ साउन २०६८ मा शीघ्र सुधारात्मक कारबाही गर्यो । ठूलो परिमाणको कर्जा अपचलन भएको र कर्जाको गुणस्तर अत्यन्त कमजोर भएको देखेपछी उक्त संस्था टाट पल्टेर वित्तीय क्षेत्रमै प्रणालीगत जोखिम बढ्दै जाने परिस्थिति सृजना भएको निष्कर्ष निकाल्दै नेपाल राष्ट्र बैंकले माघ १८, २०६९ मा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्यो । पछी कम्पनी टाँट पल्टिन लागेपछि नेपाल राष्ट्र बैंकले उक्त संस्थालाई टेकओभर गर्यो ।
गाउँले हरु कसरी फसे त ? को हुन् शम्भु केसी रु कसरी फसाए शम्भुले ?
यति धेरै गाउँले हरुलाई उही कसुरको केसमा फसाउने र उक्त फाइनान्सलाई टाँट पल्टाउने खेलमा मुख्य योजनाकार थिए कम्पनीका पूर्वप्रबन्ध सञ्चालक पवनकुमार कार्की र उनका ससुरा शम्भु केसी । र सम्भु केसीले नै पूरै गाउँका गाउँलेलाई फसाए । शम्भु केसी कम्पनीका पूर्वप्रबन्ध संचालक पवनकुमार कार्कीका ससुरा हुन् । उनी मुखिया गाउँमा कुखुरा पालन गर्थे । त्यतिबेला सबैका प्यारा शम्भु मुखिया गाउँका गाउँलेका सुखदुःखका साथीसमेत थिए । सार्है भलादमी देखिने र दुख सुखमा साथ पनि दिने भएकाले शम्भुलाई गाउँले हरुले सजिलै विश्वास गर्थे । यहि विश्वासमाथि विश्वासघात गर्दै गलत नियत बोकेर शम्भुले अनेक बहाना बनाएर गाउँले र आफन्तको नाममा जग्गा पास गरिदिन्थे । अनेक बहाना बनाएर हस्ताक्षर गर्थे, नागरिकता माग्थ्ये, फकाउँथे । त्यसपछि उनी सोझा गाउँलेका नाममा कम्पनी खोलिदिन्थे । त्यही कम्पनीको नाममा क्यापिट मर्लचेन्बाट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबाट ऋण झिक्थे । र आफैं चलाउँथे । जसको पत्तोसमेत हुँदैन थियो गाउँलेलाई।
यसरी शम्भुको जालमा थुप्रै गाउँलेहरु फसे, भर्खर ११(१२ पढ्दै गरेका सोझा छोराछोरीदेखि पढ्न लेख्नसमेत नजान्नेहरुको नाममा करोडौं ऋण देखियो । उनीहरुले ऋण तिर्न सक्ने अवस्था थिएन र छैन । जसका कारण कानुनी रुपमा दोषी ठहर भएका उनीहरुसँग जेल जीवन विताउनुको विकल्प भएन र छैन । कानुनी रुपमा उनीहरु अपराधी भए । केहि अझै फारार सूचीमा छन् त केहि जेलमा छन् । तर तथ्य यो पनि हो कि कानुनी रुपमा अपराधी ठहर भएका उनीहरु व्यावहारिक रुपमा निर्दोष छन् भन्ने सत्य पनि सबैले बुझेका छन् । ुबरु सयौं अपराधी छुटुन्, कोहि एक निर्दोष पनि नफसोस भन्ने कानुनी मान्यता हो भने हामीलाई बर्षौंदेखि किन अन्याय भइरहेको छ भन्ने प्रश्न र गुनासो छ गाउँलेको । घटना घटेको यति लामो समय हुँदा पनि र गाउँले हरु फसेछन् भन्ने तथ्य बुझ्दा पनि किन पुनस् न्यायिक छानविन गरिएन त रु भन्ने गुनासो आम गाउँलेहरुको छ ।
शम्भुले अनेक तानाबाना बुनेर गाउँलेहरुलाई फसाए । कसैलाई हाउजिङ व्यवसाय गर्न बैंकिङ क्षेत्रबाट ऋण लिन मिलेन, तिम्रो पोल्ट्री फर्म छ, त्यहि ऋण राखौं भनेर फसाइयो त केहीलाई मेरो जग्गा देखाउन मिलेन तिमिले यहाँ ल्याप्चे लगाईदेउ न भनेर फसाए । अझ कतिको त नागरिकता मागेर सबै काम उनकै मान्छेले गरे । दुख पर्दा केहि सहयोग गर्ने शम्भूले यतिसम्म घात गर्लान् भनेर गाउँलेहरुको मनमा छदै थिएन । तर भयो फरक । गाउँलेका नामामा करोडौं ऋण लिएर शम्भुले चलाए तर ऋण तिरेनन् । जव क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स समस्याग्रस्त भयो र छानविन अगाडी बढ्यो, शम्भुको बदमासीको पोल त खुल्यो, तर त्यति बेला निकै ढिलो भइसकेको थियो ।
कोहि एकले पूरै गाउँले फसाउँदा देशमा निरङ्कुश तन्त्र थियो । तर अहिले त देशमा गणतन्त्र आइसकेको छ । देशमा जनताको शासन छ भनेर भाषण दिने नेताहरु किन यो प्रकरणमा छुट्टै छानविन समिति बनाएर पुनस् छानविन हुँदैन त रु भनेर पीडीतहरु प्रश्न गरिरहेका छन् । अदालतले उ बेला दोषी ठहर गरेका कतिपयलाई गणतन्त्रपछी विभिन्न आयोग गठन गरी, त्यसको पुनस् छानविन गरी उनीहरुको सजाय माफी गरेका उदाहरणपनि यहि गणतन्त्रमा देख्न पाइएको छ । तर काभ्रेका यी सोझा गाउँलेहरु फसेका हुन्, थाप्लोमा करोडौंको ऋण रहेका यिनीहरुसँग भएको सम्पत्ति कौडीको भाउको पनि छैन भन्ने बुझ्दा बुझ्दै किन यसको छानविन हुँदैन त रु भन्ने आक्रोश र दुखेसो छ आम गाउँलेहरुको । यदी कानुनको नजरमा कोहि निर्दोष फस्नु हुँदैन भन्ने मान्यता हो भने किन त्यसको अपवाद हामीमात्र पर्यौं भन्ने पीडा बोलिरहेका छन् गाउँलेहरु ।
हेर्नुहोस् भिडियो: