जब थाइल्यान्डमा रात पर्छ… थाइल्यान्डको समुन्द्री रमाइलोदेखि यौ’न पर्यटनसम्म नालीबेली (भिडियो रिपोर्ट)

हत्या अभियोगमा फरार सूचीमा रहेकाहरु संसदमा खुलेआम पस्छन् तर उनीहरु पक्राउ पर्दैनन् । यो देशमा दिनहुँ बलात्कारजस्ता जघन्य अपराधमा परेकाहरु पक्राउ पर्दैनन्, तर होटलमा सहमतिमै बसेका युगल जोडीहरुलाई प्रहरीले पटक पटक दुख दिन्छ । एक आपसमै सहमतिमै सहभासमा बसेकाहरुलाई प्रहरीले ‘यो गैर कानुनी काम हो’ भनेर पक्राउ गरेका घटना नेपालमा थुप्रै छन् । सँगै नेपालका मुख्य शहरहरुमा खुलेआम प्रहरीकै सेटिङमा देह व्यापार भईरहेको तथ्य पनि घाम जस्तै छर्लंग छ । र त नेपालमा पनि बेला बेला रेड लाइट एरिया तोकिनुपर्ने र यौन व्यापारलाई पनि मान्यता दिनुपर्ने आवाज उठिरहेको हुन्छ । तर यौनलाई भयङ्कर ठुलो चीज ठान्ने हाम्रो समाज र सँगै रहेको हाम्रो संस्कृति र सभ्यताले अझै पनि यौनलाई खुला गरेको छैन । तर आज हामी एउटा त्यस्तो देशको यौन बजारको कथा देखाउँदैछौं, जहाँ खुलेआम यौन व्यापार मात्र हुँदैन, यौन व्यापार कानुनी र कर दुबैको दायरामा छ । एउटा त्यस्तो देश, जसले यौन व्यापारबाटै बर्षको करोडौं डलर देश भित्र्याईरहेछ ।

थाइल्याण्ड । कुल ७५ प्रदेशहरू रहेको थाइल्यान्ड दक्षिण पूर्वी एसियाली देश हो, जहाँ राजाको शासन छ । एउटा बिकसित देश जहाँ ८८ प्रतिशत भन्दा बढी जनता शिक्षित छन् र यो देशमा झन्डै ९० प्रतिशत भन्दा बढी नागरिकले स्मार्ट फोन चलाउँछन् । एउटा यस्तो देश जो विश्वका धनी देशहरुमा पर्छ र थाईल्याण्डले ग्याँस, पेट्रोल, डिजेल लयात सम्पूर्ण खाद्य सामग्रीहरू आफ्नै देशमा उत्पादन गर्ने गर्दछ । ९३.४ प्रतिशत जनताले बौद्ध धर्म मान्ने यो देशमा ५ प्रतिशत हाराहारी मुसलमानहरु छन् भने अन्य धर्म मान्नेहरुको संख्या १ प्रतिशत हाराहारी छ । झन्डै साँढे ७ करोड जनसंख्या भएको एउटा देश जहाँ यौनलाई खुला रुपमा हेरिन्छ, र कुल ग्राह्यस्थ उत्पादनको १० देखि १२ प्रतिशतसम्मको हिस्सा यौनबजारले थेगेको छ । झन्डै २ लाख ५० हजार यौनकर्मीहरु भएको एउटा देश जो साँझ पर्दैजाँदा रगीन बन्न थाल्छ । थाइल्याण्डका मुख्य शहरहरुमा, विभिन्न लाइसेन्सप्राप्त बेश्यालयहरु छन्, जहाँ खुलेआम जवानीको विक्री हुन्छ । थाईल्याण्डका शहरहरुमा खुलेआम यौन क्रीडाका शोहरु चल्छन् र गल्लीगल्लीमा भेटिन्छन्, आफ्नो दामअनुसारको जवानी ।

बैंककमा पनि यौन बजार खुला छ । जव बैंककमा रात पर्छ, तव गल्लीगल्लीमा, बाटोबाटोमा, चोकचोकमा, होटलको अगाडी खुलेआम यौनको डिल हुन्छ । शहर छेउरहेका अधिकांश होटलहरु यौनबजारकै कारण टिकेका छन् । यहाँ रहेका हजारौं पबहरुमा, बेश्यालयहरुमा, बारहरुमा छानी छानी युवती रोज्न पाइन्छ र यहि थाईल्याण्डको बजार हेर्न टाढा टाढा बाट पर्यटकहरु आउँछन् ।

यस्तै छ थाईल्याण्डको अर्को शहर पटाया पनि । पटायाको वाल स्ट्रीट आज पनि विश्व बजारमा यौनका लागि चर्चित छ । बैंकक भन्दा झन् बढी पटायामा यौन बजार ठुलो छ । पटायाका बीच वरपर सयौंमा छानेर यौनतृष्णा मेट्न पाइन्छ । पैसा अनुसारका मान्छेहरु, पैसा अनुसारका होटल, अनि पैसा अनुसारको जवानी, रातभर यसरी नै चलिरहन्छ पटाया । वैध भएकाले यी शहरहरुमा यौन व्यवसायका आफ्नै नियम छन् । सरकारले यौन व्यापारलाई खुला त गरेको छ तर यससम्बन्धि पनि विभिन्न कानुन छन् यो देशमा । जस्तो कि यौन बजार खुला रहेको थाईल्याण्डमा यौन खेलौनाहरु किनबेचमा बन्देज लगाइएको छ । कसैले आफुले भनेविपरित वा सहमति विपरित कार्य गरे त्यहाँका यौनकर्मीहरुले प्रहरीको सहायता लिन पाउँछन् । गाँजा निर्वाद शटरमा विक्री भईरहेको हुन्छ भने पानी भन्दा बढी मदिरा पीईन्छ थाइल्याण्डका शहरहरुमा ।

नेपालबाट थाइल्याण्ड जान गाह्रो छैन । नेपालदेखि थाईल्याण्डको बैंककको हवाई यात्रा, बैंककदेखि पटायाको कार यात्रा, पटायाको होटल बसाई, पटायाबाट बैंककको कार यात्रा, बैंककको पुन होटल बसाई र काठमाडौँ फिर्ता हुने सबै खर्च जोड्दा झन्डै नेपाली ७० हजारदेखि ७५००० रुपैयाँसम्म खर्च हुन्छ । थाइल्याण्डको होटल बसाईमा विहानको ब्रेक फास्ट होटलले नै दिन्छ र यो प्याकेजमा पटायाको समुन्द्रको रमाइलो हेर्न पनि लगिन्छ । एक दिन दिउँसोको खानासमेत यहि प्याकेजमा हुने थाईल्याण्ड बसाईमा आफुले बाहिर खानपिन गर्न खोजे पनि खास महँगो छैन । अर्थात, थप केहि हजारमा थाईल्याण्डको समुन्द्रमा खेल्न सकिन्छ, आकाशमा उड्न सकिन्छ, र आफ्नो बजेट र इक्षा अनुसार त्यहाँको रात्री जीवनमा रम्न सकिन्छ, जहाँ मसाजदेखि यौन जीवनमा लिप्त हुन्छन् पर्यटकहरु । औसतमा नेपाली १ लाख रुपैयाँ खर्च गर्ने हो भने ४ रात ३ दिन मस्तीको विदा मनाउन पाइन्छ थाइल्याण्डमा ।

पर्यटनको फरक रुप हेर्न थाइल्याण्डमा विश्वभरका मान्छे आउँछन् । नेपाली ३.९ रुपैयाँ बराबर थाइल्याण्डको एक थाईभाट हुन्छ, र वर्षामा थुप्रै नेपालीहरु पनि थाईल्याण्ड घुम्न जान्छन् । विदेशयात्रा मध्ये सबैभन्दा सस्तो भएकाले पनि थाईल्याण्डको यात्रा नेपालीहरुका लागि रोचकसँगै सजिलो पनि छ । यसो त नेपाली पर्यटकहरु यति धेरै जान्छन् थाईल्याण्डमा कि पटायाका बीचहरुमा नेपालीहरुको संख्या ठुलै देखिन्छ ।

यसो त थाईल्याण्ड यौन बजारका लागि मात्र चर्चित छैन, बरु यहाँको समुन्द्री रमाइलो पनि खास छ । आकाशमा उड्न पाइने, समुन्द्र भित्र हिड्न पाइने, समुन्द्रमा समुन्द्री स्कुटर चलाउन पाइने र पानीजहाजको यात्राको रमाइलो लिन पाइने हुनाले पनि थाइल्याण्डको पटाया चर्चित छ । यहाँ गाइड पनि नेपाली नै धेरै पाइने हुनाले नेपालीलाई पटायाको यात्रा झन् सहज र रमाइलो हुने गर्दछ ।   प्याकेजमा घुम्न गएकाहरुलाई होटलले नै गाइडसहित पटाया शहरमा लगिदिन्छ । पटायाको समुन्द्रमा खेल्नुको मज्जा फेरी कम्ती आनन्दको छैन ।

नेपालमा प्याराग्लाईडिङ्ग भनेजस्तै यहाँ समुन्द्र माथि उड्न पाइने यो खेललाई प्यारासाईलिङ्ग वा स्काईड्राइभिङ्ग भनिँदो रहेछ । थाईभाट २५०० अर्थात नेपाली १० हजार रुपैयाँ तिरेपछि प्यारासाईलिङ्ग, बोटिङ, बनाना ड्राइभ र अन्डर सी वाकिंङको प्याकेज पाइनेरहेछ । यहाँ आईसकेपछि यी खेलहरुको मज्जा नलिने हो भने पटायाको खास मज्जा नहुने रहेछ । त्यसैले, हामीले पनि उड्ने निधो गर्यौं र उड्यौ यसरी थाइल्याण्डको आकाशमा । झन्डै ३ मिनेट, सम्पूर्ण सुरक्षा व्यवस्था सहित आकाशमा पन्छी जसरीउड्नु को खास मज्जा हुनेरहेछ । अझ त्यसमाथि यो खेलमा गाइड गर्ने सबैजसो नेपाली र भारतीय हुनाले भाषामा कुनै समस्या नहुने रहेछ । र त भीड थियो नेपाली, भारतीय र श्रीलंकनहरु आकाशमा उड्न यसरी । प्यारासाइलिङ्ग खेलेपछि अर्थात आकाशमा उडेपछि सोहि २५०० भाटको प्याकेजमा लगिदोरहेछ अन्डर सी वाकिंगमा । सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाएर समुन्द्र भित्र हिड्न पाइनेरहेछ । माछाहरुले ज्यानमा स्पर्श गर्दाको रमाइलो झन् फरक हुने रहेछ ।

अन्डर सी वाकिङ्गको रमाइलोपछि सोहि १० हजार नेपाली रुपैयाँको प्याकेजमा आईल्याण्डमा लगेर बनाना ड्राइभिङ र स्कुटर बोटिङ्गको मज्जा पाइनेरहेछ । सबै सुरक्षा अपनाएर समुन्द्रमा सी स्कुटर हाँक्नुको मज्जा पनि बेग्लै हुने रहेछ । र नेपालबाट आएकाहरुले सबैभन्दा बढी तस्विर कैद गर्ने, रमाइलो गर्ने, समुन्द्रमा खेल्ने ठाउँ पनि यहि रहेछ । र त्यहाँको रमाइलो सकिसकेपछि पुनस् अघि पिक अप गरेको ठाउँमै जहाजले पुर्याईदिन्छ । र त्यहाँबाट होटलकै प्याकेजमा होटल ल्याइन्छ । र त्यसपछि पटायाबाट फर्कने रहेछन् नेपालीहरु । र यसरी मात्र १० हजार रुपैयाँ नेपाली तिरेर एक दिनको सबै खालको समुन्द्री रमाइलो हेरेर फर्किने गरेका छन् नेपालीहरु । यसो त सिमित बजेटहरुका लागि रमाइलो त छँदैछ थाईल्याण्ड त्यो भन्दा बढी केहि थप पैसा हुनेका लागि थप रंगीन छ थाइल्याण्ड ।

थाइल्याण्डमा खुब रमाइलो मानिने पार्टी हो ट्रान्स, जुन नेपालमा बर्जित छ । र थाइल्याण्डमा आकाशको जुनको नाममा पार्टीको रमाइलो आयोजना हुने रहेछ । हुन त झुम्नेहरुका लागि के दिन के रात, तर थाईल्याण्डमा आकाशको जुन देखाएर पार्टीको आयोजना हुनेरहेछ । जव हाम्रो भाषामा पूर्णिमा हुन्छ, अर्थात आकासमा पूरा जुन देखिन्छ, त्यहाँ फुल मुन पार्टी हुँदो रहेछ । जव हाम्रो भाषामा औंशी अर्थात आकाशमा जुन देखिंदैन, त्यो रात थाईल्याण्डमा नो मुन पार्टी हुँदोरहेछ । जुन रात आकाशमा जुन नै देखिंदैन, त्यो रात फेरी हाफ मुन पार्टी हुँदो रहेछ । यसरी आकाशको जुन पनि साइज साइजमा मिलाएर बेच्दो रहेछ थाईल्याण्ड । यो ट्रान्समा सहभागी हुन अतिरिक्त पैसा कतै लाग्दैन कतै केहि लाग्छ । र यहाँ पनि थुप्रै नेपालीहरु गएर रमाइलो गरेका दृश्य देखिन्छन् । कानै खाने गीतको आवाज, बाल्टी भारी रक्सी र पैसा अनुसारको जवानी, ट्रान्स पार्टीमा रमाइलो गर्ने थुप्रै नेपालीहरु देखिन्छन् थाईल्याण्डमा ।

ट्रान्सको रातको रमाइलो संगै दिउँसो गरिने जंगल सफारी र बेलुकीको क्रुज डिनर को रमाइलो पनि उत्तिकै छ थाइल्याण्डमा । बाघलाई नजिकै बाट हेर्न पाइने, छुन पाइने र अन्य जंगली जनावरहरु पनि हेर्न पाइने जंगल सफारीको अतिरिक्त ६००० नेपाली रुपैयाँ पर्छ । क्रुज डिनरको पनि अतिरिक्त ६००० नेपाली रुपैयाँ पर्छ । तर कुर्ज डिनर सी फुड मन पराउनेहरुका लागि मात्र रमाइलो हुन सक्छ भने जंगल सफारी सबैलाई रमाइलो लाग्छ, लाग्छ ।

र यसरी थाइल्याण्डको यात्रा टुंगिन्छ । झन्डै ७५००० रुपैयाँको प्याकेज, त्यसमा थप १० हजार समुन्द्रको रमाइलो, त्यसमा ६००० थप जंगल सफारीको आनन्द, क्रुज डिनर गर्न चाहेमा थप ५००० देखि ६००० सम्म । थप रमाइलो आफ्नो बजेट अनुसार । जे होस्, ४ रात ३ दिन, रंगीन रमाइलो, रंगीन आनन्द, न कसैको छेकबार, न कसैको डर, अनि किन नजाउन मान्छेहरु थाइल्याण्डमा । र यहि पाठ नेपालले सिक्ने हो भने नेपालले त झन् बढी गर्न सक्छ पर्यटनमा । नेपालीहरु जुन रमाइलो लिन थाइल्याण्ड गईरहेका छन्, त्यहि रमाइलो लिन बिदेशीहरु नेपाल आउने वातावरण बनाउन गाह्रो छैन, तर आँट गर्नुपर्छ देशले ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal