पैसाका गीत गाउनेका कथा : ‘पैसा कसले बनायो…?'(भिडियो रिपोर्ट)

‘दैब बैंश बनायौ, कसले पैसा बनायो ?’

यो गीत धेरै अघिको गीत हो, तर आज पनि बजारमा यो गीतको चर्चा उत्तिकै छ ।

यो गीत यतिसम्म चर्चित थियो कुनै बेला कि, यो गीतलाई केहि रेडियोहरुले दिनमै १०० पटकभन्दा बढीसमेत बजाएको इतिहास छ । त्यतिबेला युट्युबको खास जमाना थिएन, यो गीत टेलिभिजनमा आइदियोस् भन्ने धेरैको अपेक्षा हुन्थ्यो ।

धेरैलाई भ्रम थियो -‘यो गीत शिव परियारले गाएका हुन् । ‘ तर त्यो मात्र भ्रम थियो । किनकि यो गीत लेख्ने र गाउने दिनेश गौतम हुन्, जो आजका दिनमा पनि पैसाको गीत गाउने गायकका रुपमा चिनिन्छन् ।

यसो त उनलाई पैसाकै गीत फापेका छन्, ‘इमान बेचिदिन्छ मान्छे, पैसाले घुमाउँछ फनफनी, कसले जन्मिँदा बोकेर ल्यायो र धन ?’ बोलका धेरै गीत चलेका छन् उनको ।

गायक, गीतकार, संचारकर्मीका रुपमा परिचय बनाउनुअघि उनी जनयुद्धमा होमिएका थिए । तर यी परिचयभन्दा फरक उनलाई पैसाको गीत गाउने गायकका रुपमा परिचित छन् । र त आजको अंकमा हामीले उनलाई पैसाको गीत गाउने गायककै रुपमा कार्यक्रम प्रस्तुत गरेका छौं । हेरौं :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार टेलिभिजन कार्यक्रम अनुसन्धानमा आधारित नेपालको नम्बर १ आर्थिक टेलिभिजन कार्यक्रम हो । आर्थिक क्षेत्रमा हुने बिकृतिविरुद्ध खरो पत्रकारिता अभ्यासमा लागेका हामी छोटो समयमा नै स्थापित आर्थिक टेलिभिजन कार्यक्रम बन्न सफल भएका छौँ । हामी युट्युबमा सर्वाधिक हेरिने आर्थिक टेलिभिजन कार्यक्रम पनि हौँ । हाल बिजनेश टेलिभिजनमा हरेक आइतबार राती ८:३० बजे, र सोको पुन: प्रशारण सोमबार विहान ७:३० बजे, र विभिन्न समयमा अन्य माध्यमबाट पनि प्रशारण भइरहेको यो कार्यक्रमका लागि कुनै जानकारी, सूचना वा प्रतिक्रिया छन् भने हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal