Ground Zero : लघुवित्तको किस्ता तिर्न श्रीमानले रक्सी खान छोडे, जीवन बदलियो, गाउँ फेरियो‘(भिडियो)

काठमाडौँ । दिपेन्द्र प्रसाद यादव । घरको गरिबी मेट्छु भनेर ऋण नै गरेर खाडी हानिएका थिए । तर जति खाडीमा बसे, कमाएको पैसा ऋण र त्यसको ब्याज तिर्दै ठिक्क भयो । घर फर्किंदा आफ्नो सग्लो ज्यान बाहेक उनीसँग केहि थिएन । तर निराश जिन्दगीमा लघुबित्त एक आशा बनेर आयो । लघुवित्तले दिएको ऋणले दिपेन्द्रको कमाई मात्र राम्रो भएन, बरु इक्षाएका सबै सपनाहरु एक एकगरी पूरा हुँदै गए । दिपेन्द्र आफ्नै खुट्टामा उभिने भए ।

अर्को त्यस्तै कथा छ, लटाई प्रसाद यादवको । उनको जीवनमा लघुवित्तले दिएको परिवर्तनको कथा खोज्दै जाँदा उनी खेतमै थिए । खेतमा आफैंले उब्जाएका काँक्रा खुवाउँदै उनले आफुलाई लघुवित्तले गरेको सहयोगको कथा सुनाए हामीलाई । भन्दै थिए -‘लक लागेका बेला महिनाकै ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । लक नलागेका बेला ३०-४० हजार त हुन्छ नै।’

लघुवित्तले दिएका खुसी र सफलताको कथा खोज्दै जाँदा हामी रौतहटको राजपुरसमेत पुग्यौं । यो बहुचर्चित कांग्रेस नेता अफताव आलमको गाउँ हो । यहाँ त झन् लघुवित्तले दिलाएको जीवन परिवर्तनको कथा अझ गज्जबका रहेछन् । लघुवित्तको ऋणले आर्थिक स्थितिमात्र राम्रो भएको छैन बरु नागरिकको सामाजिक स्थितिमा पनि परिवर्तन आएको रहेछ । लघुवित्तकै ऋण लिएर कसैले भैंसी पालेका, कसैले लुगा सिलाउने काम सुरु गरेका, कसैले खेतीपाती गरेका, समग्रमा सबैले खुसी पाएका देख्यौं हामीले लघुवित्तबाट ।

र प्रदेश नम्बर २ को स्थलगत भ्रमणका क्रममा हामीले देखेका लघुवित्तका कथाहरु हामीले बटुलेर ल्याएका छौं, यसरी‘ बाँकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार टेलिभिजन कार्यक्रम अनुसन्धानमा आधारित नेपालको नम्बर १ आर्थिक टेलिभिजन कार्यक्रम हो । आर्थिक क्षेत्रमा हुने बिकृतिविरुद्ध खरो पत्रकारिता अभ्यासमा लागेका हामी छोटो समयमा नै स्थापित आर्थिक टेलिभिजन कार्यक्रम बन्न सफल भएका छौँ । हामी युट्युबमा सर्वाधिक हेरिने आर्थिक टेलिभिजन कार्यक्रम पनि हौँ । हाल बिजनेश टेलिभिजनमा हरेक आइतबार राती ८:३० बजे, र सोको पुन: प्रशारण सोमबार विहान ७:३० बजे, र विभिन्न समयमा अन्य माध्यमबाट पनि प्रशारण भइरहेको यो कार्यक्रमका लागि कुनै जानकारी, सूचना वा प्रतिक्रिया छन् भने हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal