लघुवित्तबाट ५० हजार रुपैयाँ ऋण लिएकी टेकमाया यसरी बनिन् करोडपति, ‘९ बर्षसम्म एउटै सारी लाएँ’

काठमाडौँ । लघुवित्तबाट ५० हजार रुपैयाँ ऋण लिएर थालेको व्यवसायले कसैलाई करोडको मालिक बनाउन सक्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर सप्तरीमा टेकमाया सापकोटा यस्तै सुन्दर कथाकि साक्षी भएकी छिन्, जसले महुली लघुवित्त वित्तीय संस्थाबाट निकालेको ५० हजार रुपैयाँले आफ्नो जीवनमात्र परिवर्तन गरिनन्, बरु धेरैका लागि प्रेरणाको स्रोत बन्न सफल भईन् । कुनैबेला घरमा आगो लागेर सर्वश्व गुमाएकी टेकमायाले महुलीको साथबाट गरेको प्रगति धेरैका लागि प्रेरणा त हो नै, लघुवित्तले परिवर्तन गराएको एक आम जीवनको सुन्दर कथा पनि हो ।

कुनै बेला आगोले सर्वश्व गुमाएर जीवन-मरणको दोसाँधमा रहेकी टेकमायाले हिम्मत हारिनन । कसैले पनि साथ नदिंदा महुली लघुवित्तले उनलाई दिएको केहि हजार रुपैयाँ, फगत ऋण भएन, बरु जीवन परिवर्तनको कोशेढुंगा भयो । ५० हजार रुपैयाँबाट सुरु भएको टेकमायाको करोडसम्मको यात्राले लघुवित्तले परिवर्तन गराएका थुप्रै पात्रहरुहरुको प्रतिनिधित्व गर्छ । टेकमाया सापकोटा आमाको जीवन कहानी सुनेपछि हामी उनको सफलतालाई आफ्नै आँखाले हेर्न र महसुस गर्न उनको घरसम्म पुगेका छौँ ।
बाँकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal