फिल्मी शैलीमा एनआईसी एशियामा लुट, प्रहरीले यसरी पक्रियो मास्टर प्लानरको झुट ! (भिडियोसहित)

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकमा कर्मचारीकै मिलेमतोमा लुटपाट भएको तथ्य बाहिरिएको छ । बैंककै कर्मचारीको योजना अनुसार १६ लाख रुपैयाँ लुटिएको हो ।

प्रहरीले सो घटनामा संलग्न एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोकगढी नगरपालिका–६ साँगाचोक घर भएका २४ वर्षीय विमल तामाङ, रामेछापको रामेछाप नगरपालिका–२ घर भएका शक्तिराज पौडेल र रामेछापकै २७ वर्षीय अनीश खड्कालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका १० नम्बर वडा कार्यालय र शान्तिनगरस्थित मेटलाइफ इन्स्योरेन्सबाट उठाएको रकम मीनभवन स्थित देउराली क्लवसँगैको युनिग्लोव कलेज अगाडीबाट सो रकम लुटिएको प्रहरीले जनाएको छ । घटना गत पुष १८ गतेको भएपनि बैंक लुटिएको घटनाबारे तथ्य भने घटनामा संलग्नहरु पक्राउ परेपछि मात्र बाहिरिएको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले काँडाघारी बस्ने प्रदीप खत्रीलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा सो लुटको पोल खुलेको थियो । सो रकम चार जनाले बाँडेर लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal