युनाइटेड इन्स्योरेन्स कम्पनीले ठगेको भन्दै व्यवसायीले लेखे सुसाइड नोट, यस्तो छ घटनाको नालेबेली…(भिडियो)

  • सुदर्शन श्रेष्ठ /अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । देश यति बेला कोरोना कहरका बीच गुज्रिरहेको छ । लामो समयदेखि देश लकडाउनमा रहँदा आम जनता र व्यवसायीहरु अवको बाटो के भन्ने प्रश्नले पिल्सिएका छन् । के गाउँ, के शहर, जताततै व्यापार-व्यवसाय चौपट प्राय: भएका छन् । व्यवसायहरुलाई बैंकको किस्ता कसरी तिर्ने, कर कसरि तिर्ने लगायतका समस्याले गिजोलिरहेको छ । सरकारले उचित राहतको प्याकेज नल्याउने हो भने थुप्रै व्यवसाय सधैंका लागि बन्द हुने अवस्थामा पनि छन् । लकडाउनले यो हदसम्मको असर गरिरहेका बेला चोरी भएको आफ्नो पसलको बीमा वापतको उचित रकम नपाएको भन्दै धनगढीका एक व्यवसायीले ‘सुसाइड नोट’ लेखेको खुलासा भएको छ ।
धनगढी स्थित निहारीका मोबाईल सपका संचालक सन्तोष मण्डलले आफुलाई यूनाईटेड ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले झुक्याएको भन्दै आफ्नो मृत्युको कारण र जिम्मवार यूनाईटेड ईन्स्योरेन्स कम्पनी हुने भन्दै ‘सुसाईड नोट’ लेखेका थिए । मण्डलले २०७५/१२/२० गते आफनो पसलमा चोरी भएको र १४-१५ महिना बितिसक्दा पनि आफुले क्षतिपूर्ति वापतको बीमा दाबी रकम नपाएको भन्दै कम्पनीकै परिसरमा प्राण त्याग्ने चेतावनी दिएका थिए ।
‘मेरो पसल चोरीभएको झण्डै १४-१५ महिना बित्यो, मैले यस्तै संकटमा काम लाग्छ भनेर पसलको २२ लाख को बिमा गरेको थिए । तर अहिले बिमा गरेको रकम प्राप्त गर्न आबस्यक पर्ने प्रमाण र कागजातहरु अदालत बाट प्रमाणित गरी बिमा कम्पनिलाई बुझाउदा पनि बिमा कम्पनीले प्रकृया नपुगेको भन्दै यता र उता झ्ल्लाईरहेको छ । पसल संञ्चाल गर्न बैंकबाट ऋण पनि लिएको थिए, अब त्यता ब्याज पनि हाल्नुपर्ने छ । यो लकडाउनको समयमा खान बस्न धौ-धौ परीरहेकाबेला अब म सङ्ग तिर्न लाई, आफ्नो शरिर बाहेक केही छैन !’ उनले फेसबुकमा लेखका छन् ।
उक्त पसलमा २३ लाख ९८ हजार बराबरको चोरी भएको पसल संचालक सन्तोष मण्डलको दाबी छ । तर यतिका समय वितिसक्दा पनि बीमा कम्पनीले बिभिन्न प्रकृयाका नाममा लामो समय देखि दुख दिने गरेको र कहिले यो मिलेन कहिले त्यो मिलेन भन्ने बहानामा सहि रुपमा मुल्यांकन नगरी ६ लाख ४० हजारको बैंक चेक दिएको र उक्त चेक लिन बारम्बार दबाब समेत दिने गरेको मण्डलको दाबी थियो ।
‘मेरो पसलको सबै सरसमान पनि चोरी भयो, नत मैले बिमा गरेको रकम नै पाएँ, यस्तो अबस्थामा लकडाउानले गर्दा खानलाउनसमेत अप्ठेरो परीरहेको छ । बैंक को ब्याज पनि बुझाँउनु छ, विमा कम्पनिले प्रकृया नपुगेको भन्दै यता र उता दौडाईरहेको छ । के मैले विमा गरेअनुरुप यो जायज रकम हो ? हो भने म लिन्छु । बिमाकम्पनिले दिएको जती रकम नबुझे त्यो रकम बाट समेत बन्चित गर्छौ भन्दै बारम्बार धम्की दिईरहन्छ । यस्तो अबस्थामा मलाई बाच्ने साहस छैन, ”म आफुलाइ तेहि विमा कम्पनी मा गएर मार्छु !’ उनले फेसबुकमा यो हदसम्मको टिप्पणी लेखेपछी यसले सुदुरपश्चिमको माहोल तताएको छ ।










 दुवै पक्षको कमजोरी देखियो : महासचिव, कैलाली उद्योग वाणिज्य संघ 

यता कैलाली उद्योग वाणिज्य संघमा पनि यो केस पुगेको छ । संघका महासचिव ओम बिष्टले इन्स्योरेन्सका बारे सहि तथ्य नबुझाई इन्स्योरेन्स गराउनु कम्पनीको गल्ती भएको बताएका छन् भने पूरै नबुझी इन्स्योरेन्स गरेर व्यवसायीलेसमेत गल्ती गर्ने गरेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले पटक पटक देखिएका यस्ता समस्याप्रति कैलाली उद्योग वाणिज्य संघ गम्भीर भएको र यस विषयमा सम्बन्धित कम्पनी र पीडीतबीच मध्यस्तकर्ताको भूमिकासमेत खेलिरहेको बताएका छन् । ‘हामी यस्ता विषयमा गम्भीर छौं । कोरोनाले सिथिल भएका बेला व्यवसायीहरुलाई कसरी टिकाउने भन्ने विषय महत्वपूर्ण भएका बेला बीमा कम्पनीबाट भुक्तानी नभएको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौँ।’ उनले भने ।
अलि-अलि कमजोरी हाम्रो पनि भयो, तर सबै प्रक्रिया अनुसार नै गरेका छौँ : कम्पनी 
यता युनाइटेड इन्स्योरेन्सका शाखा प्रबन्धकले पनि आफ्नो कम्पनीका पनि केहि कमी कमजोरी भएपनि बीमितलाई ठग्ने कुनै दुरासय नभएको दाबी गरेका छन् । ‘मण्डलजीले जति पाउनुपर्ने हो, कम्पनीले त्यति रकम भुक्तानी गर्छ । सबै कुरा प्रक्रियामै भएको छ ।  तर यो घटनाले हामीलाई सचेत भने पक्कै गराएको छ । हामीला यो प्रकरणबाट ठुलो पाठ पनि सिकेका छौं, तर हामीले कतै पनि गल्ती गरेका छैनौँ । प्रचलित कानुनअनुसार कानुनी उपचारका लागि हामीले मण्डलजीलाई आग्रह गरिसकेका छौं । तर हामीले जे जति दिनुपर्ने हो, त्यो दिएका छौं। ‘    
       हेर्नुहोस् एक्सक्लुसिभ भिडियो :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal