Exclusive : कैलाश बिकास बैंकमा अर्को डरलाग्दो घटना, बैंककै कर्मचारीले हस्ताक्षर किर्ते गरेको पुष्टी (भिडियोसहित)

काठमाडौं । पोखराका व्यवसायी रेशम राज पन्थीलाई खाली चेकमा हस्ताक्षर गराएर करोडौं रुपैयाँ अपचलन गरेको आरोप लागिरहेका बेला कैलाश बिकास बैंकमा अर्को काण्ड घटेको तथ्य बाहिरिएको छ । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नी आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते काममा लागेको र बैंकले आफु गल्ती गर्ने तर ऋणीलाई धम्क्याउने गरेको प्रमाणसहित संचारमाध्यममा आएपछि यस्तो रहस्य खुलेको हो । 
गल्ती बैंकको, धम्की ऋणीलाई !
पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलको मोबाइलमा कैलाश विकास बैंकबाट मेसेज आयो । मेसेजमा लेखिएको थियो, ‘दिपेन्द्रजी, म कैलाश बैंक हेड अफिसबाट, तपाईं किस्ता पनि हाल्नुहुन्न, फोन पनि उठाउनु हुन्न, तपाईंको नोटिस पत्रिकामा ‘पब्लिस’ हुँदैछ । यसअघि नियमित रुपमा किस्ता हालिरहेका उनी बाबु बितेपछि पारिवारिक काममा व्यस्त हुँदा केहि किस्ता छुटेको रहेछ । तर कुरा बैंकको फलोअपको थिएन, उनलाई पठाइएको मेसेजको थियो । न बैंकबाट औपचारिक पत्र, न जानकारी, न सम्बन्धित ठाउँबाट फोनमा कुराकानी, न कुनै इमेल । दायाँबायाँ नगर्ने र तर अन्याय पनि नसहने कंडेलको पारो तात्यो । त्यसपछि उनी बैंक गए ।
बैंकमा उनले आफुलाई कुनै पनि जानकारी नदिइकन यस्तो मेसेज आएको बारे भने । बैंकले उनलाई ४ वटा पत्रमार्फत जानकारी गराएको दावी गर्यो । उक्त पत्रमा कंडेलकि आमाले हस्ताक्षर गरेकोसमेत बैंकको दावी थियो । तर बैंकको सबै दावी झुटो रहेछ । उक्त पत्रमा कंडेलकि आमाले हस्ताक्षर नै गरेको होइन रहेछ । बरु अरु कसैले उनकि आमाको किर्ते हस्ताक्षर गरिदिएको रहेछ । ४ वटा पत्रमा उल्लेखित हस्ताक्षर एउटासँग अर्को मिल्दैन । त्यसमाथि उनी ग्यारेन्टर भएको ऋणको पत्रमा उनलाई कतिमा बोधार्थ दिइएको छैन, कतिमा उनको ठेगाना नै गलत छ । उनलाई इमेलमार्फत पनि केहि जानकारी गराइएको छैन । बैंकले दावी गरेपछि उनले आमासँग बुझे । आमाले कुनै पनि पत्रमा हस्ताक्षर नगरेको भनेपछि उनी कैलाश बिकास बैंकसँग किर्ते काण्ड र बैंकले गरेको मिसबिहेबका विरुद्धमा लडिरहेका छन् ।
बाँकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal