श्री लालीगुराँस सहकारीका पीडीतहरु एकै ठाउँमा, सञ्चालक भण्डारी भन्छन्, ‘ऋण नतिर्नेलाई छोड्न सकिँदैन’ (भिडियो)

काठमाडौँ । श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आफुहरुलाई ठगेको भन्दै लेखनाथ पौडेल अर्थ सरोकारको कार्यालयमा आए । उनको पीडासहितको कार्यक्रम प्रशारण भएपछि केशब पुरी लगायत पनि मिडियामा आए । अन्त्यमा आफु पनि सहकारीबाट पीडीत बनेको भन्दै रामकृष्ण पौडेल पनि पत्रकार सम्मेलनमै आफ्नो गुनासो पोख्न आए । केहि समय अगाडी गरएको पत्रकार सम्मेलनका क्रममा आफुहरु लालीगुराँसको पीडीत बताउने सबैले संस्थाप्रति आक्रोश र गुनासो पोखे ।
सबैका कुरा सुनेपछि हामी लालीगुराँस सहकारीका संचालक सुरेन्द्र भण्डारीलाई भेट्न गयौं । हामीले उनीसँग पीडीतका गुनासोहरु राख्यौं । र उनले सबै पीडीतका एक-एक घटनामा आफ्नो प्रष्टिकरण दिएका छन् । आजको कार्यक्रममा हामीले आरोपितका आरोप र भण्डारीको ‘प्रतिवाद’ प्रस्तुत गरेका छौं ।  हेर्नुहोस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार टेलिभिजन कार्यक्रम अनुसन्धानमा आधारित नेपालको नम्बर १ आर्थिक टेलिभिजन कार्यक्रम हो । आर्थिक क्षेत्रमा हुने बिकृतिविरुद्ध खरो पत्रकारिता अभ्यासमा लागेका हामी छोटो समयमा नै स्थापित आर्थिक टेलिभिजन कार्यक्रम बन्न सफल भएका छौँ । हामी युट्युबमा सर्वाधिक हेरिने आर्थिक टेलिभिजन कार्यक्रम पनि हौँ । हाल बिजनेश टेलिभिजनमा हरेक आइतबार राती ८:३० बजे, र सोको पुन: प्रशारण सोमबार विहान ७:३० बजे, र विभिन्न समयमा अन्य माध्यमबाट पनि प्रशारण भइरहेको यो कार्यक्रमका लागि कुनै जानकारी, सूचना वा प्रतिक्रिया छन् भने हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal