
समाचारको संवेदनशीलतालाई ख्याल गर्दै बाहिर मिडियामा यसअघि आइसकेको नेपाल बंगलादेश बैंकको काण्ड बाहेक अन्य बैंकको नाम, र पात्रहरुलाई हामीले गोप्य राखेका छौं । र आजको कार्यक्रम समग्रमा बैंक तथा वित्तीय संस्थामा हुने यौन दुर्व्यवहार विरुद्धको पहिलो सृंखला हो ।
घटना १
पोखराको एक बैंकमा भल्ट रुममै बैंकका कर्मचारी यौन क्रियाकलापमा संलग्न देखियो । यो घटना एक कान, दुइकान, मैदान हुन थालेपछि बैंकभित्रै यो काण्डका बारेमा कर्मचारीलाई बाहिर नबोल्न भनियो । बैंककि कर्मचारी पनि मौन बसे । केहि समय बैंकिङ क्षेत्रमा यो घटनाबारे हल्ला चल्यो र घटना सामसुम भयो । त्यस्तो क्रियाकलाप सहमति मै भएको थियो वा त्यो जवर्जस्ती थियो भन्ने तथ्य पनि रहस्यको गर्भमै रह्यो । अहिले पनि समय समयमा उक्त बैंकको चर्चा विभिन्न बैंकका कर्मचारीबीच हुने गर्दछ ।
घटना २
काठमाडौँमा कार्यालय रहेको एउटा बैंकका मेनेजर र बैंककि स्टाफ डेटिङमा केहि अफ्ट्यारो हर्कत गरिरहेको देखेपछी सोहि बैंकका कर्मचारीले एक कान दुइ कान हुँदै यो घटनाको चर्चा गरे । यतिसम्मकि उक्त बैंककि सो कर्मचारीले त्यहाँको जागिर छोडिन् भने ब्रान्च मेनेजर पनि अर्कै बैंकमा गए । दुवै जना छुट्टाछुट्टै बैंकमा गएपछि यो काण्ड सामसुम त भयो, तर उनीहरु रिलेसनमा थिए वा त्यो जवर्जस्ती थियो भन्ने कुरा रहस्यको गर्वमै रह्यो । तर बैंकको कार्ड नै भिरेर बैंकिङ समयमा कुनै ठाउँमा गरिएको त्यो हर्कत गलत नै थियो ।
घटना ३
विभिन्न बैंकमा विभिन्न बहानामा यौन दुर्व्यवहार हुन्छ भन्ने चर्चा भइरहेका बेला नेपाल बंगलादेश बैंकभित्र भएको सेक्स काण्ड बाहिर आएको छ । विभिन्न मिडियाहरुले प्रहरीलाई नै कोट गरेर समाचार प्रकाशन / प्रशारण गरेपछि हामीले पनि यो घटनाको नालीबेली पत्ता लगाउने प्रयास गरेका छौं ।
घटना मोरंगको हो । मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गर्यो । २०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेपछि फरार रहेका बास्तोलालाई प्रहरीले पक्राउ गर्यो । सेक्स गर्न दिनेभए मात्रै कर्जा उपलब्धगराउने भनेर बास्तोलाले भनेपछि प्रतिवाद गरेको तर आफूमाथि जवरजस्ती गरेको भनी महिलाले किटानी जाहेरी दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले पुष्टि गरेका छन् । झापाको बुधबारे घर भएका बैंक मेनेजर बास्तोलालाई पक्राउ गरी जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाइएको छ ।
देखिएका, सुनिएका यी घटना त प्रतिनिधि उदाहरणमात्र हुन् । पछिल्लो समय विभिन्न बैंकका उच्च तहका कर्मचारीहरुले विशेषगरी तल्लो तहका कर्मचारीहरुलाई यौन दुरासयाले हेर्ने, संवेदनशील अंगमा छुने, वा यौन क्रियाकलापमा संलग्न हुनका लागि प्रस्ताव गर्ने गरेका चर्चा चलिरहेका छन् । र आजको कार्यक्रम यिनै गलत क्रियाकलाप भयो वा भएको देखियो भने सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ, सहेर बस्नु हुँदैन भन्नका लागि हो । र आजको कार्यक्रममा हामी यस्तो यौन दुर्व्यवहार भयो वा भएको देखियो भने कहाँ कसरी उजुरी गर्ने भन्ने विषयमा बोल्दछ ।
अन्त्यमा हामी पुन: भन्छौँ, अन्याय सहेर कोहि पनि बस्नु हुँदैन । र जाँदाजाँदै यो पनि फेरि दोहोर्याउछौँकि बहसमा उठेका केहि विषय, र केहि प्रतिनिधि घटनालाई लिएर समग्र बैंकमा काम गर्ने महिला र बैंकका पुरुष कर्मचारीहरुलाई पनि गलत भनिनु हेरिनु हुँदैन ।
अन्त्यमा हामी पुन: भन्छौँ, अन्याय सहेर कोहि पनि बस्नु हुँदैन । र जाँदाजाँदै यो पनि फेरि दोहोर्याउछौँकि बहसमा उठेका केहि विषय, र केहि प्रतिनिधि घटनालाई लिएर समग्र बैंकमा काम गर्ने महिला र बैंकका पुरुष कर्मचारीहरुलाई पनि गलत भनिनु हेरिनु हुँदैन ।