‘२० लाख ऋण तिर्न नसक्दा ५ करोडको सम्पत्ति बिक्री, करोडपति सुमित्रा यसरी आइन् रोडमा’ (भिडियो)

काठमाडौँ । सुमित्रा केसी । कुनै बेला काठमाडौँमा खुब चलेको रेकर्डिङ स्टुडियोको मालिक थिइन् । घर थियो, गाडी थियो र जीवन मज्जैसँग चलिरहेको थियो । तर देशमा तत्कालीन माओवादी युद्ध चलिरहेको थियो र सरकारले संकटकाल घोषणा गरेको थियो । रेकर्डिङ स्टुडियो ठुलो बनाउने, अझ राम्रो काम गर्ने भनेर उनका श्रीमानले तत्कालिन कृषि बिकास बैंकबाट १९ लाख ९० हजार ऋण लिए । नलिउँ ऋण, यो लाइनमै नलागौं भनेर श्रीमतीले बिन्ती गर्दा पनि श्रीमान्ले मानेनन् र ऋण लिए ।

यस्तैमा तत्कालीन साही नेपाली सेनाले स्टुडियोमा माओवादीको गीत रेकर्ड गरिएको भन्दै उनको स्टुडियोमा छापा मार्यो र उनका कर्मचारीहरुलाई बेपत्ता बनायो । बेपत्ता भएकाहरुमध्ये केहि बाँच्न सफल भए त केहिलाई तत्कालीन साही नेपाली सेनाले मार्यो । उनको स्टुडियोबाट सेनाले मान्छे लगेर मारेको भन्दै मृतक परिवार उनको पछि लाग्यो । 
त्यसपछि उनलाई ठुलो बोझले थिच्यो । कमाउने आफ्ना श्रीमान् पनि बेपत्ता भए, चलेको स्टुडियो बन्द भयो, र आफ्ना कर्मचारीहरुलाई सेनाले मारेपछि ती परिवारको रेखदेखको जिम्मा उनकै भयो । कालिका सन्तानको रेखदेख, पालनपोषण त गर्नु नै थियो । यसरी दिन चलिरहे । तर एक्कासी कृषि बिकास बैंक लिमिटेडले भएको आफ्नो घर लिलाम गर्ने भयो । यो बीचमा उनले घर किन्ने मान्छे खोजिन्, गएर केहि पैसा तिर्छु भनिन् तर बैंकले नमानेको उनको आरोप छ । जसरी पनि घर लिलामी गर्ने दुरासयका साथ आफुलाई दुख दिएको उनको तर्क छ।
देशमा द्वन्दपीडीतहरुलाई भनेर अरवौंको रकम खर्च भयो । पटक पटक ऋण मिनाहाका कुरा पनि चल्यो । तर सत्ताले उनको दुख देखेन र बैंकले घर लिलामी गर्यो । ऋण तिर्छु भन्दा बैंकले थोरै थोरै पैसा लिएन, एकैपटक तिर्न पैसा थिएन । घरी मेनेजरका भाइ घर हेर्न आए, त घरी मुद्धा परिरहेको बेलामा घर खाली गर्न भनियो । २०५९ उनका श्रीमानले १९ लाख ९० हजार ऋण लिएका थिए । कहिले ५३ लाख पुग्यो, कहिले ८० लाख पुग्यो भन्दै अन्तत : १ करोड ८ लाख रुपैयाँ ऋण र सोको ब्याज पुगेको भन्दै उनको घर लिलामी भयो । उनको आधा रोपनीमा सिनामंगलको निकै राम्रो ठाउँमा भएको झन्डै ५ करोड रुपैयाँ जाने घर १ करोड ८८ लाखमा सकारेर उनलाई ८० लाख दिने भनेको छ बैंकले । कुनै बेला झन्डै २० लाख लिएर फसेको अहिले ५ करोड मूल्य पर्ने घर १ करोड ८८ लाखमा लिलाम भएर आफ्नो हातमा ८० लाखमात्र पर्ने भएपछी उनलाई जीवन नै सकिएको अनुभव भएको छ । बाँकी यो भिडियोमा हेरौँ । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal