Exclusive : ‘रामकृष्ण ढकाललाई कंगाल बनाउने श्री लालीगुराँस सहकारीले मलाई पनि ठग्यो’ (भिडियो)

काठमाडौँ । श्री लालीगुराँस सहकारीले आफुलाई ठगेको भन्दै भरतपुर बस्ने लेखनाथ पौडेल अर्थ सरोकारको सम्पर्कमा आएका छन् । इन्स्योरेन्स कम्पनीमा तिर्नुपर्ने भन्दा निकै बढी रकम आफुबाट असुली गरेको र आफुलाई तिर्नै नपर्ने रकम दावी गरेर मुद्धामामिला गरेको उनको तर्क छ । यतिमात्र होइन उनले सहकारीबाट ऋण लिएपछी आफु गम्भीर दुर्घटनामा परेको र हरेक काम घुस खुवाएर गर्नुपरेको आरोप उनको छ । खाली पानामा कागज गराएर सहकारीले ठगी गरेकोसमेत उनको आरोप छ । 
यता श्री लालीगुराँस सहकारीका सञ्चालक सुरेन्द्र भण्डारीले भने पौडेलले आफुले गाडी पल्टाएर बेपत्ता भएको आरोप लगाएका छन् । उनी सम्पर्कमा नआएपछि उनको जग्गा सहकारीले रोक्का राखिदिएको उनको भनाइ छ। आखिर के थियो त घटना ? अर्थ सरोकार समूहले तयार गरेको र बिजनेश टेलिभिजनमा साउन १६ गते राती ८:३० बजे प्रशारण भएको अर्थ सरोकार टेलिभिजन कार्यक्रम हेर्नुहोस्। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal