
काठमाडौँ । इटहरी घर भएका सुवाष ठाकुर, धन कमाउन भनेर दुबई गए । केहि धन कमाउँला, नेपाल आउँला र रमाउँला भन्ने उनको ठुलो धोको थियो । आफ्नो पैतृक सम्पत्ति पनि थियो । त्यसैले उनले सोहि अनुसार ‘प्लान’ बनाएका थिए । आफुले कमाएको पैसा र पैतृक रुपमा प्राप्त हुने सम्पत्ति जोडेर केहि थप सम्पत्ति हुन्छ अनि केहि गरौँला भन्ने उनको चाहाना थियो । बीचमा उनी छुट्टीमा नेपाल आए । नेपाल आउँदा थाहा भयो कि उनको हक लाग्ने पैतृक सम्पत्ति त ग्लोबल आइएमइ बैंकमा बन्धक बनाइएको रहेछ । अर्थात उनका दाजुले उक्त जग्गा धितोमा राखेर ऋण झिकेका रहेछन् । उनी अंशियारसमेत भएकाले उनको मन्जुरीनामा लिनुपर्ने थियो बैंकले । तर बैंकले त्यो आवश्यक ठानेन । त्यसपछि सुबास आफ्नो सम्पत्ति जोगाउन आफ्ना दाजुलाई पटक-पटक ऋण तिरेर उक्त जग्गा बन्धक फुकुवा गर्न अनुरोध गर्न थाले । तर दाजुले नमानेपछि उनले जिल्ला अदालतमा आफ्नो जग्गा आफ्नो अनुमति बिना बन्धक राखिएको भन्दै मुद्धा हाले।
हेर्नुहोस् भिडियो





यसो त यति भएपछि पनि उनी चुप लागेर भने बसेका छैनन् । त्यसपछि उनले अदालतको फैसला कार्वनयन गरीपाउँ भनी पुन: अदालतमा मुद्धा हालेका छन् । र त्यो जग्गा अहिले रोक्का भएको छ । न किन्नेले उक्त जग्गा उपभोग गर्न पाएको छ, न बैंकले लिलाम गरिदिएको जग्गा सुवासले फिर्ता पाएका छन् । बैंकले अंशियारको मन्जुरीनामा विना कर्जा प्रवाह गर्दा लफडा नै लफडा निम्तिएको छ । 

बैंकले पनि आफ्नो कर्जा उठाउनुभन्दा पनि जसरी हुन्छ उक्त जग्गा लिलाम नै गर्ने नियत पो बोकेको हो कि भन्ने देखिन्छ । यो प्रकरणमा पनि बैंकले पहिलो लिलामीको सूचनामा ऋणीको विवरण नै गलत राखेको छ र उक्त जानकारी पुन: कसैले गराएपछि बैंकले सूचना सच्याएको देखिन्छ ।यसले पनि बैंक कति गैरजिम्मेवार भएर काम गरिरहेको छ भन्ने बुझिन्छ भन्ने पीडीत ठाकुरको तर्क छ ।
हेर्नुहोस् भिडियो


यसो त ग्लोबल आइएमइ बैंकले गरेको लापरवाहीको यो पहिलो उदाहरण होइन । यसअघि ग्लोबल आइएमइ बैंक नोट प्रकरणमासमेत मुछिएको थियो । एक लाखको बिटोमा १० हजार नपुगेको काण्डका कारण जनतासमक्ष बदनाम भएको थियो बैंक । यसो त त्यसबेला पनि सुरुमा ग्लोबल आइएमइ बैंकका कर्मचारीले समस्या लिएर बैंक पुगेका ग्राहकलाई थर्काएर पठाएका थिए । पछि अर्थ सरोकारसहितको टिमले यस विषयमा विषय उठान गरेपछि बैंकले बाध्य भएर पूरा रकम फिर्ता दिएको थियो । त्यतिबेला पनि बैंकले अन्तिममा आफ्नो कमजोरी स्वीकारेको थियो ।
