सरकारी अभियानलाई लिएर दुई संघबीच टसल : बैंकर्स संघले झुटको खेती गरेको भन्दै डिबिएएनका अध्यक्ष ‘फायर’ ! (भिडियो)

काठमाडौँ । नयाँ बर्षको अवसर पारेर नेपाल सरकारले ‘हरेक नेपालीको बैंक खाता होस्’ भन्ने उद्देश्यका साथ ‘खोलौँ खाता अभियान’ सुरु गर्यो । काठमाडौँमा एक भव्य कार्यक्रमकाबीच उक्त कार्यक्रमको उद्घाटन भयो । पत्रपत्रिकामा ‘ज्याकेट एड’ हालियो, टेलिभिजनमा बिज्ञापन बजाइयो । तर यो क्रममा बिकास बैंक अभियानमै छुटेजसरी प्रचारप्रसार गरियो । दैनिक पत्रपत्रिकामा वाणिज्य बैंकहरुकोमात्र बिज्ञापन आयो । यतिसम्म चलिरहेकै थियो, तर जव एउटा बिज्ञापन टेलिभिजनमा बज्न थाल्यो, तव भने घटनाले नयाँ मोड लियो ।  बिज्ञापनमा खोलौँ खाता अभियान अन्तर्गत जुनसुकै वाणिज्य बैंकमा खाता खोलेपनि हुन्छ भनेर ‘झुट’ बोलिएको छ । जवकी नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र यस्तो छ । जहाँ इजाजतपत्र प्राप्त ‘क’, ‘ख’, ‘ग’ बर्गका बैंकहरुमा यो अभियान चल्ने बताइएको छ ।
यद्यपी टेलिभिजनको उक्त झुटो बिज्ञापन रोकिएन । यहि विषयलाई लिएर नेपाल बैंकर्स संघ र डेभलोपमेन्ट बैंकर्स संघबीच भनाभनजस्तै भयो । नेपाल सरकारले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई नबोलाइएको गुनासो पोख्ने ठाउँ नपाएका बेला बैंकर्स संघले सार्वजनिक गरेको विज्ञापनले डेभलोपमेन्ट बैंकर्स संघ झन् रिसायो । अनौपचारिक रुपमा कुराकानी गरेर यहि बेला बैंकर्स संघका अध्यक्ष सीइओ भएको बैंक नेपाल बंगलादेश बैंकबाट बिकास बैंकहरुले ठुलो रकम निकाले । त्यसपछि ढुंगानाले पनि यो गल्ती सच्याउने प्रतिबद्धता व्यक्त गरे । र यो टसल केहि साम्य भयो ।
यस विषयमा बुझ्न हामी डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका अध्यक्ष गोबिन्द प्रसाद ढकाललाई भेट्न गयौं । हामीसँगको कुराकानीमा उनले आफुहरुलाई पेल्न खोजिएको आरोपसमेत लगाए । यसो त डेभलोपमेन्ट बैंकर्स एसोसीएसनका पनि आफ्नो कमजोरी थियो यो प्रकरणमा । कमजोर राजनीतिक लविङ र स्पष्ट खाका नहुँदा संघ यो अभियानमा चिप्लियो । बिकास बैंकका पनि केहि कमजोरी भएको र कसैले नियोजित रुपमा यस्तो गरेको नहुनुपर्ने तर्क गर्छन् संघका महासचिव ज्योति बिकास बैंकका सीइओ मनोज ज्ञवाली ।
ढकाल र ज्ञवालीको कुरा सुनेपछि हामीले यस विषयमा नेपाल बैंकर्स एसोसीएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानासँग पनि बुझ्यौं । उनले हतारहतारमा केहि गल्ती भएको भएपनि यसलाई सच्याईएको दावी गरेका छन् ।यसो त डेभलोपमेन्ट बैंकर्स एसोसीएसन र नेपाल बैंकर्स एसोसीएसनबीचको यो टसल पहिलो भने होइन । केहि समय अगाडी ब्याजदरको विषयलाई लिएर बैंकर्स संघले एनआइसी एशिया बैंकलाई असहयोग गर्दा बिकास बैंक संघले भने एनआइसी एशिया बैंकलाई सहयोग गरेको थियो । यसरी पटक पटक देखिने टसल बजारमा छताछुल्ल हुनुभन्दा पहिला नै आपसी समझदारीमा मिलाए राम्रै हुने थियो कि !

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal