करोडौंको सम्पत्ति थियो, माछापुच्छ्रे बैंकले सडकमै पुर्यायो…’ (भिडियो)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एक विद्वानले भनेका छन्, ‘बैंक त्यस्तो संस्था हो, जसले तपाईंलाई घाम लाग्दा (वा सफेद मौसम हुँदा) छाता दिन्छ, र पानी पर्दा त्यो छाता खोस्छ । नेपाली बैंकिङ क्षेत्रमा पनि यो उखान चरितार्थ त भइरहेको छैन ? भन्ने चर्चा परिचर्चा हुँदै गर्दा माछापुच्छ्रे बैंक लिमिटेडले एक ग्राहकको हकमा त्यस्तै गरी सफेद मौसम भएको बेला दिएको सहयोग पानी पर्दा खोसेको खुलासा भएको छ ।

माछापुच्छ्रे बैंकले आफुलाई करोडपतिबाट सडक छाप बनाइदिएको, बैंकले भित्री मिलेमतोमा आफ्नो सम्पत्ति खाइदिएको, आफ्नो जीवन नै बर्बाद बनाइदिएको लगायतका गुनासो बोकेर पोखराका अर्जुन पौडेल अर्थ सरोकार डटकमको कार्यालयसम्म आइपुगे । त्यसपछि उनले आफुलाई बैंकले डुबाएको पीडा स-बिस्तार पोखे । उनको भनाइ सुनीसकेपछि हामीले यस विषयमा बैंकको धारणा पनि मागेका छौं । हेरौं अर्थ सरोकार टेलिभिजन कार्यक्रमको यो साताको विशेष प्रस्तुती :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal