
- अर्थ सरोकार संबाददाता
तर के बिज्ञप्तिपछी अन्य थप केहि प्रयास भयो त ? अहँ भएन । पत्रकारलाई मुलुकी ऐनको पाठ सिकाउने ती निर्देशकलाई सवक सिकाइयो त ? अहँ सिकाइएन । यहि सोचेर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीको नेतृत्वमा, क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुसाल लगायतका सम्पर्कमा उपलब्ध पत्रकारहरुसहित हामी पनि पुग्यौं मिनभवनको यातायात व्यवस्था विभागमा ।
हामी विभाग पुग्दा उनी भित्र नै छन् भन्ने संकेत भित्तामा टाँसीएको थियो तर भित्र उनी थिएनन् । सेवाग्राहीहरु उनलाई पर्खेर बसेका थिए । हामीले सोध्यौं श्रीचन्द्र सर कहाँ हुनुहुन्छ ? कोहि तल क्यान्टिनमा भन्दै थिए कोहि डिजिसापको कोठामा ! त्यसपछि हामी डिजि सापको कोठामा पुग्यौं । उनी भित्र बैठकमा छन् भन्ने जानकारी आयो । यहि बेला एक सेवाग्राहीले एउटा समस्याका लागि आएको र उक्त समस्याको समाधान ९ महिनादेखि नपाएको गुनासो गर्दै थिए ।
उनको गुनासो थाहा पाएपछी पत्ता लाग्यो कि संस्थामा सूचना अधिकारी थिएनन् । केहि समयको पर्खाइपछी हामीले पत्रकारमाथि दुर्व्यवहार गर्ने निर्देशकसापलाई भेट्यौं । आफ्ना कुराहरु पनि राख्यौं र उनका कुराहरु पनि सुन्यौं । त्यसपछि पनि हामीले सूचना अ धिकारीलाई खोज्यौं तर उनी कार्यालयमा थिएनन् ।
खैर यो कुरा छोडौं । सूचना अधिकारी कार्यालयमा छैनन् भन्ने थाहा भयो । प्राय कार्यालयमा उनी हुँदैनन् भन्ने पनि पुष्टी भयो । अव पत्रकारमाथि दुर्व्यवहार गर्ने निर्देशकचाहिं घटनाबारे के भन्छन् त ? घटनाबारे दुर्व्यवहार सहेकी सिखा श्रेष्ठ के भन्छिन् त ? अर्थ सरोकार टेलिभिजन कार्यक्रमको यसपालीको अंकमा हामीले प्रस्तुत गरेका छौं