एमालेले आन्दोलन चर्काउने
Powered by Blogger.
एमालेले आन्दोलन चर्काउने

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन विधेयक विरुद्धको आन्दोलनलाई अझ सशक्त र देशव्यापी बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विधेयक विरुद्धको आन्दोलनलाई अझ सशक्त र देशव्यापी बनाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टी सचिव एवम् प्रचा विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असंवैधानिक, जनविरोधी तथा राष्ट्रियहित प्रतिकुल रहेको संविधान संशोधन विधेयकविरुद्ध संसदभित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय भएको छ ।’

एमालेको बैठकले संसदमा दर्ता भएको विधेयक फिर्ता गरेर आगामी निर्वाचनका लागि राजनीतिक शक्तिका बीचमा सहमतिको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

‘विधेयक विरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आम जनसमुदाय तथा विभिन्न संघ–संगठन र नागरिक समाजप्रति ऐक्यवद्धता प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘विधेयक फिर्ता गरी आगामी निर्वाचनका लागि राजनीतिक शक्तिका बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसरता लिन सरकारको ध्यानाकर्षण गर्दछौँ ।’

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा गम्भीर छलफल तथा समीक्षा भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।



अर्थ सरोकार डटकम फेसबुक ट्वीटर मार्फत समेत पढ्न र हेर्न सक्नुहुनेछ